|  

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।

उनले नक्कली पेजबाट विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको हो ।