|  

प्रचण्डतिर लागेको भन्दै बिरु तामाङलाई बादलले स्वकीय सचिवबाट हटाए

१६ फागुन, काठमाडौंं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय सचिव बिरु तामाङलाई अन्ततः पदबाट हटाएका छन्। बादल निकट स्रोतका अनुसार बादलले आफूसँग रहने तर प्रचण्ड र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै तामाङलाई हटाएका हुन् ।

बादलले पूर्व जनमुक्ति सेनाको संगठनका प्रमुख समेत रहेका तामाङलाई हटाएका हुन्। तामाङले पछिल्लो पटक जनवर्गीय संगठनहरु पुर्नगठनका बेला बादल पक्षलाई ओली पक्षले अपमान गरेको अभिव्यक्ति दिँदै आएका थिए र आफूहरुमाथि भएको अन्यायको सुनुवाई भए प्रचण्ड खेमातिर जाने संकेत पनि दिएका थिए।

यसअघि, ओलीले संसद् विघटन गरेपछि बादलका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए।