|  

भारतीय स्वतन्त्रता संग्राम : सत्याग्रह र दार्शनिक महाकुम्भ !

३१ साउन,काठमाडौं । विपिन देव - फ्रेन्च राज्य क्रान्ती, अमेरिकी स्वतन्त्रता संग्राम र वोलसेभिक क्रान्तीलाई कुनै राष्ट्रिय सिमानाको परिधी भित्र राख्न सकिदैन । त्यस्तै भारतीय स्वतन्त्रता संग्रामलाई समेत कुनै एउटा खास भूगोलको दायरामा राखेर व्याख्या गर्न सकिदैन । यी क्रान्तीहरूले नै गर्दा मानव आफ्नो  स्वतन्त्रता, मुक्ति र सम्पन्ताको लागि सम्राज्यवाद र उपनिवेशवादको चंगुलवाट उम्कन प्रयासरत रहे । भारतीय स्वतन्त्रता संग्रामको पराकम्पनको असर एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा स्वतन्त्रता, समानता र प्रजातन्त्रको लागी आन्दोलनको श्री गणेश भयो । भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा अधिक प्रभाव नेपाली राजनीतिमा पाइन्छ । नेपालका मुर्धन्य राजनीतिज्ञहरू भारतीय स्वतन्त्रता संग्रामका लडाकुहरू थिए । 

वि.पि. कोइराला, किशुनजी र मनमोहन अधिकारी लगायत अनेकौ उच्च कोटिका नेपाली नेतृत्वमण्डलले भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएर जेल नेलको यतना भोगेका थिए । भारतीय स्वतन्त्रता संग्रामलाई दार्शनिक धरातलबाट व्याख्या गर्दा यो एउटा महाकुम्भ जस्तो देखिन्छ । अर्थात् भारतीय स्वतन्त्रता संग्राममा विभिन्न दार्शनिक धरातलबाट प्रभावित भएका व्यक्तित्वहरू आनदोलनमा सहभागी भएका थिए । केही चिन्तकहरूले भारतीय स्वतन्त्रता संग्रामलाई पूर्व र पश्चिमको सेतुको रूपमा समेत व्याख्या गरेका छन् ।

अर्थात् भारतीय स्वतन्त्रता संग्रामका महानायकहरू पश्चिमा विद्यापिठहरूबाट शिक्षित र दिक्षित थिए । गान्धी, नेहरु, पटेल, सुभाषचन्द्र वोस, डा. शया प्रसाद मुखर्जी, जयप्रकाश नारायण, डा. राममनोहर लोहीया लगायत अनेकौं नेताहरूको अध्ययन अमेरिका र यूरोपमा नै भएको थियो । यिनीहरू पश्चिमा ज्ञान र सूचनालाई भारतीय स्वतन्त्रता संग्राममा प्रयोग गरे । गान्धीको सन्र्दभमा यो अझै बढि रोचक देखिन्छ । 

गान्धी रस्कीन, टायसटाय र थोरो जस्ता दार्शनिकहरूवाट प्रभावित थिए । गान्धीले यी उल्लेखित दार्शनिकहरूको विचार र चिन्तनलाई भारतीय परिवेश र भूगोलमा प्रयोग गरेको देखिन्छ । भारतीय स्वतन्त्रता संग्राममा र्माकसवादीहरूको समेत गहिरो पकड र पंहुच रहेको देखिन्छ । भारतीय स्वतन्त्रता संग्रामका नेता जय प्रकाश नारायणको शिक्षा अमेरिकी विश्वविद्यालयहरूमा भएको थियो । जयप्रकाश नारायणलाई माक्र्सवादमा महारथ हासिल थियो । त्यस्तै डा. राममनोहर लोहीयाको शिक्षा र दिक्षा जर्मनीमा भएको थियो । तत्कालीन समयमा जर्मनी माक्र्सवादको लागि उर्वर भूमी थियो । डा. लोहियाको माक्र्सवाद प्रति गहिरो अभिरुची थियो । डा. लोहिया माक्र्सवादका मर्मज्ञ थिए । उनको पुस्तक “इकोनोमी आप्mटर माक्र्स” र “मिसिङ्ग प्वाइन्ट इन माक्सीजय” यसमा उदाहरण हुन् । वि.पि कोइराला पनि जीवनको उषकालमा माक्र्सवादवाट सम्मोहित थिए ।

भारतीय स्वतन्त्रता संग्राममा “हिन्दुत्वको प्रभाव पनि गहिरो थियो । सर अरविन्द घोषको प्रभावले गर्दा पूर्वीय ज्ञान र विज्ञानलाई उत्खनन गरेर अंग्रेज सत्तालाई चूनौती दिदै राष्ट्रवादलाई अगाडी बढाउन युवाहरू संघर्ष र वलीदानको यात्रामा थिए । विर सावरकार, डा. श्यामा प्रसाद मूखर्जी र गुरु गवालवालकार जस्ता व्यक्तित्वहरू हिन्दुत्वको माध्यमवाट समाज परिर्वतन गर्न जर्मको कसेका थिए । भारतीय स्वतन्त्रता संग्राम एक फरक धारका नेताहरू समेत थिए । 

उनीहरू गान्धीको अहिंसात्म विद्रोहलाई स्वीकार गरेका थिएनन् । सुभाषचन्द्र वोष, भगत सिंह, चन्द्र शेखर अजात जसता नेताहरू शक्ति र सार्मथ्यको माध्यमवाट अंग्रेजलाई चूनौती दिएका थिए । हरेक पृथक पृथक विचारधाराको मर्मलाई समन्वय गरी क्रान्तीको नेतृत्व गर्ने गान्धीवाद नै थिए । समाज सुधारदेखि स्वच्छतासम्म, सादगीदेखि स्वावलम्वनसम्म सम्पुर्ण सुत्रहरूको प्रयोगकर्ता गान्धी नै थिए । गान्धी नेतृत्व चयनमा शिल्पी थिए । योग्यता र र्सौयको आधारमा नेतृत्व चयन गरेर राष्ट्रिय अभियानमा सहभागी गराउन गान्धीसंग अद्भूत कला थियो । विहारवाट डा. राजेन्द्र प्रसाद, गुजरातवाट बल्लवभाई पटेल, यु.पी.वाट पण्डित नेहरु, तमीलबाट राजागोपालाचार्य जस्ता व्यक्तित्वहरूलाई चयन गरेर क्रान्तीलाई परिचालन गर्नु गान्धीको अदचूत सार्मथ्यलाई झालकाउ‘छ । सम्वाद र वहसवाट नै जनतामा जागृती सञ्चार हुन्छ भने गान्धीको प्रस्तावना थियो । अफ्रिकामा उनले चारवटा भाषा माध्यमवाट “योग इण्डिया” नामक पत्रिकालाई सम्पादन गरेका थिए । 

चिठी, पत्रपत्रिका र समवादद्वारा जन जनको मनको पिडा स्पन्दन गर्ने गान्धी नै थिए । सन् १९२० र सन् १९२५ ताका यूरोप र अमेरिकामा महिलालाई मतदानको अधिकार समेत थिए । त्यस्तो अवस्थामा भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षताको रूपमा सरोजनी नायडु सन् १९२५ मा जिम्मेवारी दिइएको थियो । घुम्टो र पर्दामा बसेकी महिलालाई त्याग्रहमा सहभागी गराउनु गान्धीको चमतकारी व्यक्तित्व नै थियो । भारतीय स्वतन्त्रता संग्रामतामा गान्धीले सादगीलाई विषेश महत्व दिए । गान्धीको प्रभाव विभिन्न नेताहरूको जीवनशैलीमा झलकिन्छ । नेपालको सन्र्दभमा वि.पि. गणेशमानजी, किशुनजी र मनमोहन अधिकारीमा गान्धीको प्रभाव विषेश देखिन्छ ।

भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो प्रयोग सत्याग्रहको हो । सत्याग्रहको यन्त्रवाट नै मार्टीन लुथरले अस्वेतहरूलाई अधिकार सम्पन्न बनायो भने नेनशन मण्डेलाले अफ्रिकी मुलुकहरूमा एउटा नयॉ युगको सुत्रपात गर्यो । भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो आग्रह अहिंसा नै थियो । वर्तमान परिवेशमा हिंसावाट सारा संसार आक्रान्त देखिन्छ । इजरायल हमास युद्ध, रसिया युक्रेन युद्ध, वङगलादेशमा भइरहेको हिंसा आतंकवादी संगठनहरूको गठजोड र गठवन्धनले सारा संसार आक्रान्त देखिएको छ । संसारका हरेकह समृद्ध राष्ट्रले आफ्नो आफ्नो सुरक्षा खर्चमा बढोत्तरी गरिरहेको अवस्था छ । मानवको पाश्विक चरित्र पूर्ण रूपले उदाग भइरहेको अवस्था छ । यी प्रतिकुल वातावरणमा मानव सभ्यतालाई त्राण दिने संजीवनीको रूपमा गान्धीको अहिंसाको प्रयोग नै देखिन्छ । भारतीय स्वतन्त्रता संग्रामको विभिनन प्रयोगहरू मानवको लागि कल्याणकारी भई नै रहनेछ । यस अर्थमा भारतीय स्वतन्त्रता संग्राममा प्रयोग भएका विभिन्न सैद्धान्तिक प्रस्तावना र प्रयोगहरूलाई अध्ययन र विष्लेशण गर्नु आवश्यक देखिन्छ ।