|  

कोरोना कहर: २४ घण्टामा थपिए ७८ संक्रमित, ८२ जना डिस्चार्ज 

१६ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ।