|  

एलन मस्कको घोषणा पछि विटक्वाइनको मूल्यमा ठूलो गिरावट

१६ फागुन, काठमाडौं । गरेपछि त्यसको मूल्यमा ठूलो गिरावट आएको छ । पछिल्लो २ दिनमा विटक्वाइनको मूल्यमा २१ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार सार्वजनिक गरेका छन् । पछिल्लो मूल्य अनुसार विटक्वाइन ४५ हजार डलरको आसपास रहेको छ ।

सन् २०२१ को २२ फेब्रुअरीमा विटक्वाइनको मूल्य बढेर ५८ हजार ३३० अमेरिकी डलर पुगेको थियो । मस्कको पछिल्लो भनाइ सामाजिक सञ्जालमा सार्वजनिक भए लगत्तै किप्टोकरेन्सीमा गिरावटको शुरुवात भएको पाइएको छ ।

पछिल्ला केही दिनमा लगातार उछाल मारिरहेको विटक्वाइनमा एकाएक गिरावट देखिएपछि यसको कारण पत्ता लगाउने प्रयास गरिएको थियो । किन मूल्यमा उच्च अंकको गिरावट देखा पर्यो भन्ने बारेमा खोजी गर्दै जाँदा कतै मस्कको पछिल्लो भनाइ त कारण होइन भन्ने पनि अनुमान गरिएको छ ।

कूल ५८ हजार ३३० अमेरिकी डलर पुगेको विटक्वाइन मंगलबार साँझ प्रतियूनिट ४५ हजार ५५२ मा कारोबार भएको थियो ।

नयाँ मूल्य उचाई कायम गरेको विटक्वाइन किन यो हदसम्म खस्कन पुग्यो भन्ने विषय सबैभन्दा ठूलो सवाल रहेको छ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले सामाजिक सञ्जालमा एक पोस्ट गरे लगत्तैदेखि प्रभाव परेको हो ।

त्यसलाई नै सुरुवाती मानिएको छ । मस्कले शनिबार पोस्ट गरेका थिए कि विटक्वाइन तथा इथेरियम जस्ता किप्टोकरेन्सीको काफी मात्रामा महंगो भएको समेत थियो ।

फेब्रअरीमा विटक्वाइनको मूल्यमा करिब ७३ प्रतिशतको वृद्धि भएको थियो । जाने मानेका कम्पनीले समेत त्यसमा लगानी गरेको तथा विटक्वाइनमा गरिएको लगानीलाई थप कानूनी मान्यता दिने संकेत सार्वजनिक गरिएपछि मूल्यमा उछाल आएको थियो ।

एलन मस्कको कम्पनीले सन् २०२१ को जनवरीमा १।५ विलियन डलर बराबरको विटक्वाइन खरिद गरेको थियो । मस्कले सामाजिक सञ्जालमा नै यसबारेमा जानकारी दिएका थिए । त्यसपछि विटक्वाइनको मूल्यमा उछाल आएको थियो ।

मस्कले विटक्वाइनमा लगानी गर्ने सम्बन्धी घोषणा गरेको समय यस्तो थियो कि उनको कम्पनी टेस्ला  पेमेन्ट अप्सनका रुपमा त्यसलाई स्वीकार गर्न सकिने बताएका थिए । उनले नगदको तुलनामा विटक्वाइनलाई नै अगाडि सारिनु महत्वपूर्ण भएको बताएका थिए ।

उनले भनेका पनि थिए, रुपैयाँ डलर जस्ता कारोबारका साधनमा नकारात्मक रियल इन्टरेष्ट हुन्छ । कुनै मुर्खले मात्रै अन्य विकल्पको खोजी गर्दैन ।

तर, हामी भने विकल्प खोजी गदैृछौ । मस्कले भनेका थिए कि अन्य मुद्राको तुलनामा विटक्वाइनको भविस्य असाध्यै राम्रोे रहेकाले आफूहरुले त्यसलाई स्वीकार गरेको बताएका थिए ।

विटक्वाइन एक किप्टोकरेन्सी हो । संसारभर यतिबेला झण्डै ४ हजार बढी किप्टोकरेन्सी प्रचलनमा रहेको छ । विटक्वाइन त्यसमा सबैभन्दा बढी लोकप्रिय किप्टोकरेन्सी हो । हरेक विटक्वाइनको कारोबार पछि त्यसको जानकारी सार्वजनिक सूचीमा रहने गरेको छ ।

जो विकेन्द्रित तरिकाले फरक फरक प्रयोगकर्ताले अलग अलग युजर्स बनाएर तयार पार्ने रेकर्ड प्रणाली पनि हो । किप्टोकरेन्सी एक प्रकारको भर्चुअल करेन्सी पनि हो । विटक्वाइन त्यसको एउटा ब्राण्ड हो । विटक्वाइनको विषय प्रकाशमा आएपछि मस्कको सम्पत्तिमा भने १.८१ प्रतिशतले गिरावट आएको छ । त्यो भनेको ३।१ बिलियन डलर बराबर हो ।

शीर्ष एक नम्बरमा रहेका मस्कको कूल सम्पत्ति १६६.१ विलियनमा ओर्लेको छ । जेफ बेजोस शीस्र्ष १ मा पुगेका छन् । उनको सम्पत्ति १८६.९ विलियन डलर बराबर पुगेको फोब्र्सको रियल टाइम डेटाले देखाएको छ ।