|  

टिकटक स्टार चौहानको आत्महत्यामा आफ्नो नाम जोडिएपछि महाराष्ट्रका वनमन्त्रीले गरे राजीनामा

१६ फागुन, काठमाडौं । टिकटक स्टार पूजा चौहानको आत्महत्यामा आफ्नो नाम जोडिएपछि महाराष्ट्र सरकारको वनमन्त्री संजय राठौरले आइतवार राजीनामा गरेका छन् । राजीनामा पछि उनले विपक्षीले जसरी सभाको अधिवेशन हुन नदिने भनेर धम्की दिएका छन त्यस कुरालाई ध्यानमा राखी आफु पछाडि हटेको बताएका छन्। उनले यस विषयमा निष्पक्ष छानबिन चाहने बताएका छन् ।

राठौरले भारतिय मिडियासंग भने, समाजकी एक महिलाको मृत्यु भएको छ। विपक्षी फोहोर राजनीति गरेर मेरो ३० वर्ष भन्दा बढीको राजनीतिक क्यारियर बिगार्न चाहदैँ छन् ।

विवाद खडा भएदेखि राठौर सार्वजनिक रूपमा देखा परेका छैनन् । यद्यपि पाँच दिन अघि ९मंगलबार० उनी वाशिम जिल्लाको एउटा मन्दिरमा पुगेका थिए। त्यहाँ उनले आफू विरुद्ध लगाइएको आरोप खारेज गरेका थिए।