|  

रुपन्देहीमा बाढीः घर, स्कुल डुबानमा

४ भदौ, काठमाडौं । रुपन्देहीमा भारी वर्षा भएसँगै बाढी आएको छ। बाढीले  रूपन्देहीको सैनामैनास्थित रानिबगिया, मुर्गिया, रामापुर जलमग्न छन् । 

बाढीले उक्त क्षेत्रका कैयौं घर स्कुलहरू डुबानमा परेका छन् । बाढीले रुपन्देही स्थित पूर्वपश्चिम राजमार्ग जलमग्न भएको छ । बाढीले स्कुल डुबानमा परेकाले पठनपाठन रोकिएको  छ। उक्त क्षेत्रमा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।