११ भदौ, काठमाडौं । विपिन देव - सन् २०२२, फ्रेवुररीदेखि नै रुस र युक्रेन विच युद्ध सुरू भएको छ । अमेरिका र युरोपको भरथेगले गर्दा युक्रेन आफ्नो अस्मिता, पहिचान र अस्तित्वको लागि संग्रामरत रहेको छ । रुस-युक्रेन युद्धले गर्दा दक्षिण गोलाद्धमा रहेका मुलुकहरूको अर्थतचन्त्रमा नकारात्मक प्रभाव परेको देखिन्छ । अमेरिका र युरोपको आर्थिक नाकावन्दीका विच रुसले चीन, इरान र उत्ररकोरियासंग सघन सम्वन्ध बनाइरहेको छ । भारतका प्रधानमन्त्री मोदी रुस यात्रा छ साता अगाडी गरेका थिए ।
यात्राका दौरानमा नै रुसले युक्रेनको वालअस्पतालमा क्षेप्यास्त्रवाट हमला गरेका थिए हमला विभत्स थियो । मोदी पुटिनको आलींगन प्रति युक्रेनका राष्ट्रपतिको कटाक्ष गरेका छन् । पुटिन र मोदीको आलींगनलाई नेलन्सकीले संसारका महान राष्ट्रका मुखियाले एउटा तानाशाह र हत्यारा विचको आलींगानको संज्ञा दिएका थिए । मोदीको रुस यात्रा प्रति पश्चिमा संचार जगतको प्रतिक्रिया नकारात्मक रहेको थियो । अमेरिकी हावइट हाउ‘सका प्रवक्ताले समेत मोदीको रुस यात्रालाई उपहास गरेका थिए । मोदीको रुस यात्राको पराकम्पन अमेरिकी चुनावी भाष्यमा समेत देखिन्थ्यो ।
भारत अमेरिका विच बढ्दो सामरिक सम्वन्ध प्रति अमेरिकी चुनावमा व्याख्यान समेत सुरू भएको थियो । अर्का तर्फ मोदीको रसिया यात्रालाई भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले सामरिक स्वायत्ताको रूपमा व्याख्या गरेका छन् । यही सामरिक स्वायक्ताको सिद्धान्त अनुरुप मोदी ठिक छ साता पश्चात मोदीको ७ घन्टे युक्रेन यात्रा भएको छ । ७३ वर्षे मोदी र ४६ वर्ष जेलेन्सकीको आलींगन संसारका महत्वपुर्ण छापाखानहरूको मुख्य पृष्टमा रहेको देखिन्छ । मोदीको युक्रेन यात्रालाई पश्चिमा सञ्चार गृहले उच्च मुल्याङ्कन गरेको देखिन्छ ।
संयुक्त राष्ट्र संघका महासचिवले समेत मोदीको युक्रेन यात्रालाई सकारात्मक रूपले अवलोकन गरको छन् । पचॉसको दशकमा भारतले आफ्नो नैतिक सार्मथ्यको आधारमा कोरियाको युद्धलाई समाप्त पारेका थिए । तत्कालीन समयमा भारतका राष्ट्रपति डा. राधाकृष्णले आफ्नो दार्शनिक ओजलाई प्रयोग गर्दै कोरियाको द्वन्दलाई मत्थर पार्न सर्मथ भएका थिए ।
इतिहासको चक्र फेरिएको छ । युक्रेन भूमिमा मोदीले वुद्ध र गान्धीलाई उदघृत गर्दै शान्तीको मार्ग खोज्न आफु आतुर रहेको अभिव्यक्ति दिएका छन् । युक्रेनका राष्ट्रपति जेलन्सकीले मोदीलाई सभ्यता र संस्कृतीको सम्वाहकको रूपमा आदर गरेका छन् । मोदी र जेलेन्सकीको वार्तामा विभिन्न द्विपक्षीय मुद्दाहरूमा समेत सहमति भएको देखिन्छ । भारत युक्रेन विच चारवटा महत्वपूर्ण क्षेत्रहरूमा सहमति भएको छ । यी क्षेत्रहरू खाद्यायान, उत्पादन, प्रविधि र व्यापारिक विस्तारसंग सम्वद्ध रहेको देखिन्छ । युक्रेन र भारत विच लगभग ५ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । जवकि भारत र रुस विच ६५ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । युक्रेनमा राहत सामग्री प्रदान गर्ने मुलुकहरूको अंग्रपंक्तिमा भारत समेत रहेको छ ।
मेदीको युक्रेन यात्रा प्रति विष्लेशकहरू विभिन्न आयामहरूवाट व्याख्या गरेका छन् । सन् १९९१ तका सोभियत विघटन पश्चात युक्रेनको स्वतन्त्र राष्ट्रको रूपमा जन्म भएको थियो । सन् १९९१ द्येखि हालसम्म युक्रेन यात्रा गर्ने प्रधानमन्त्रीको रूपमा पहिलो प्रधानमन्त्री मोदी नै हुन । युद्धको डलेरोको बेला मोदी युक्रेन यात्रा गर्नु भू-राजनीतिको लागि अर्थपूर्ण रहेको छ । मोदीको ८ घण्टे यात्राको समयमा रुसले युद्ध विराम गरेका थिए । यो एक किसिमले शान्तिको संखनाध थियो । सन् २०२२ ताका रुस युक्रेन युद्ध सुरू हु‘दा मोदीको विषेश अनुरोधलाई ध्यानमा राख्दै रुस र युक्रेनले भारतद्वारा संचालित मिशन गंगालाई सफल बनाउन सहयोग गरेका थिए ।
सो मिशन अन्र्तगत भारतले २० हजार भारतेली नागरीकहरू युक्रेनवाट मुक्त गराउन सफल भएको थियो । भारतको सम्वन्ध रुस र युक्रेनसंग सघन रहेको छ । शान्तीको फुल विश्वासको विउ‘वाट मात्र अंकुरित हुन्छ । यस अर्थमा मोदीले पुटिन र जेलन्सकी विच सेतुको काम गर्न सक्ने समेत जानकारहरूको आगमन रहेको छ । मोदीको युक्रेन यात्रालाई अमेरिका लगायत युरोपेली युनियनले समेत उच्च महत्व दिएको छ । अमेरिका र युरोपद्वारा सुरू गरिएको कोपेनहेगनदेखि माल्टासम्मको हरेक शान्ति वार्ता स्वखलित भएको छ । अर्थात् पुटिनले अमेरिकी र युरोपेली नेतृत्वलाई उच्च महत्व दिएको छैन । शान्तिको अगुवाई गर्ने सामर्थथ्य चीनसंग समेत रहेको छैन ।
चीन र रसिया गठवन्धन तर्फ बढिरहेको छ भने चीनको सम्वन्ध अमेरिका र युरोपसंग चिसिएको छ । साम्यवादी कित्तामा रहेका मुलुकहरू युद्धलाई युद्धबाट नै समाधान गर्न उधत हुन्छ । प्रजातान्त्रिक परिवेशवाट पल्लिवत र पुष्पित नेतृत्वले बुद्ध र गान्धीको आर्दश र सिद्धान्तलाई धरातलीय रूप दिन शान्तिको लागि प्रयास गर्ने गर्दछ । यही परिवेशमा मोदी प्रति अन्तर्राष्ट्रिय जगतमा शान्तिको प्रयासको अपेक्षा रहेको छ । आफ्नो चहकिलो र गहकिलो अभिव्यक्तिमा मोदीले आफ्नो विगतको अभिव्यक्तिलाई स्मरण गर्दै आफुले पुटिनलाई आखामा आखा जुधाई वर्तमान समय युद्धको लागि नभएको समेत उनले युक्रेनमा व्यक्त गरेका छन् ।
वर्तमान भू-राजनीतिक अवस्थामा रसियाको भावना र पश्चिमा जगतको भावनालाई सम्माहित गर्दै शान्तिको सुत्र खोज्ने एक विराट र मुर्धन्य नेतृत्वको रूपमा मोदी हुन सक्ने भन्ने भनाई भारतका पूर्व राजदुत विवेक कटाजुको रहेको छ । सामरिक स्वायत्ता पालन गर्दै रुस र युक्रेनको विच युद्ध विराममा मोदीको यात्रा कोशेढुङ्गा हुन सक्ने समेत जानकारहरूको बुझाई रहेको छ । प्रतिफल अहिले पनि भविष्यको ग्रर्भमा रहेको छ ।