|  

मुस्ताङको थासाङमा हिउँपहिरो, बोक्सीखोला थुनियो

१२ भदौ, काठमाडौं । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट हिजो साँझ पुनः हिउँपहिरो खसेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको छ।

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । हिजो झ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।