|  

बागलुङमा ३ सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच सुरू

१२ भदौ, काठमाडौं । बागलुङमा ऐतिहासिक हनुमान नाच सुरू गरिएको छ ।

नेवारी समुदायमा मौलिक सांस्कृतिक नाचका रूपमा रहेको हनुमान नाच ९ वर्षपछि विधिपूर्वक पूजा गरी देखाउन थालिएको हो ।हनुमान नाच संरक्षण परिषद् बागलुङको आयोजनामा नाच प्रदर्शन गरिएको हो ।

हनुमान नाच नेवार समुदायको सांस्कृतिक पहिचान हो । बागलुङमा नेवार समुदायले करिब ३ सय पचास वर्ष पहिलादेखि हनुमान नाच देखाउँदै आएका छन् ।