१२ भदौ, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारस्थित प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ ।
शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन विद्यालयले कक्षा १० र ११ मा डिजिटल स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरु गरिएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष विद्यालय पहिलो भएर नगरपालिकाबाट प्राप्त गरेको पुरस्कारको तीन लाख र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठबाट स्मार्ट बोर्ड जडानका लागि प्राप्त भएको एक लाख ६० हजार रुपियाँबाट बोर्ड खरिद गरिएको हो ।