|  

ललितपुरको टिकाथलीमा विद्युतीय गाडी दुर्घटना

१२ भदौ, काठमाडौं ।  ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ ।

बिहीबार बिहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो ।

चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।