|  

वीर अस्पतालकी नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

१४ भदौ, काठमाडौं । वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।

वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो ।

योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ ।