|  

कुनै पनि बटन नभएको स्मार्टफोन ल्याउँदै साओमी

१५ भदौ, काठमाडौं । चिनियाँ प्रविधि ब्रान्ड साओमीले बटनरहित स्मार्टफोन ल्याउने भएको छ ।

हालै बाहिरिएको एक खबर अनुसार, सन् २०२५ को मध्यतिर सार्वजनिक गर्नेगरी कम्पनीले यो स्मार्टफोन विकास गरिरहेको छ ।साओमीको यो फोनलाई  ‘Zhuque’ कोडनेम दिइएको छ । जसमा बाहिरबाट देखिने गरी कुनै पनि पावर र भोल्युम बटन नहुने जनाइएको छ ।

साओमीले भने अहिलेसम्म बटनरहित स्मार्टफोनबारे कुनै जानकारी दिएको छैन । भौतिक बटन नराख्दा स्मार्टफोनको डिजाइन अझ सरल र आकर्षक हुनुका साथै पानी, धुलो लगायतबाट सुरक्षा मिल्ने विश्वास गरिएको छ । साथै, यसले इन्टरफेसलाई पनि सरल बनाउने र प्रयोगकर्तालाई थप सहज अनुभव प्रदान गर्नेछ ।