|  

एनसेलको लाइसेन्स नवीकरण

१७ भदौ, काठमाडौं ।  सरकारले एनसेलको लाइसेन्स नवीकरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार राति  कम्पनीको लाइसेन्स नवीकरण गरेको हो ।

एनसेलले गत जेठमै अग्रिम ४ अर्ब रकम बुझाएर लाइसेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । सरकारले गत बिहीबार एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले नवीकरण शुल्कवापत् एनसेलले तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्नेगरी निर्णय गरेको थियो ।

किस्ता तिर्दा १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने छ । मन्त्रिपरिषद्को निर्णयपछि एनसेलले पहिलो किस्ताको एक अर्ब रुपैयाँ बुझाएको हो ।