|  

बाँकेमा शरीरमा पानीको कमीले चार जनाको मृ#त्यु

१८ भदौ, काठमाडौं ।   बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ ।

नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी भएकाले मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरु झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र एक वर्षकी नाबालिका नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो ।

सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो ।उनीहरुमा सुरुमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा हुने गरेको थियो ।