|  

मलेसियामा एक नेपालीको ह#त्या 

१८ भदौ, काठमाडौं ।  मलेसियामा एक नेपालीको हत्या भएको छ । हिजो राति सिराहाका रुपेश यादवको हत्या भएको हो ।

रुपेशमाथि उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।