|  

रिपोर्ट धेरै भएपछि फेसबुकबाट स्टाटस हट्यो, रिकभर गर्ने प्रयास हुँदैछःबालेन सचिवालय

१८ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले फेसबुकले आफैले मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको  सचिवालयले जनाएको छ  । हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको मेयर शाहको सचिवालयले जनाएको छ ।

मेयर शाहले फेसबुक पेजमा नेकपा (एमाले)लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।