|  

पूजालाई समीक्षाको प्रश्नः अरूलाई बदनाम गरेर फिल्म चलाउन खोज्नु सही हो र ?

१८ भदौ, काठमाडौं । नायिका पूजा शर्मा फेरि अर्को विवादमा परेकी छिन् ।

पूजाले यसपटक चर्चित गायिक समीक्षा अधिकारीसँग जोडिएको एक प्रसङ्गबारे गरेको टिप्पणीका कारण आलोचना खेप्नुपरेको हो। उनले समीक्षाको व्यक्तिगत जीवनबारे एउटा पडकास्टमा गरेको टिप्पणीका कारण आलोचित हुनुपरेको हो ।पूजाको उक्त अभिव्यक्तिलाई समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छन् ।

समीक्षाले अदालतको काम पोडकास्ट सञ्चालक र कलाकारहरूले गरिरहेको भन्दै आक्रोश पोखेकी हुन् ।‘अदालत नै पोडकाष्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकार हुन् भने, उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि’, उनले आफूसम्बद्ध पुरानो प्रकरणबारे भनेकी छन्, ‘सत्य के हो? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’

के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा आफूलाई मायाको तराजुमा जोखेर माफी दिन तयार भएको प्रसंग निकाल्दै समीक्षाले पूजाको व्यवहारप्रति आक्रोश पोखेकी हुन् ।‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ।

र, माफी दिएर सावित गरिदिएँ’, उनले आफूसँग जोडिएको पुरानो घटना क्रमबारे अगाडि भनेकी छन्, ‘त्यसयता सबै ‘नर्मल’ चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? ’उनले पूजाको व्यवहार र भूमिकामाथि प्रश्न उठाउँदै अरूलाई बदनाम गरेर फिल्म चलाउन खोज्नु ठीक नहुने बताएकी छन् ।

‘यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?’, पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।