|  

यो दशैँमा राष्ट्र बैंकले नयाँ नोट सहटी नगर्ने

१८ भदौ, काठमाडौं । हरेक दशैँ-तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सहटी गर्दै आएकामा यस वर्ष भने नगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताएका हुन ।  नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । दशैँ-तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । 

यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।