|  

जनआन्दोलन भए अग्रपङ्तिमा हामी हुनेछौँ : रवि लामिछाने

१८ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताएका छन् ।

रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरूको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताए । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताए ।

लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी समेत गरे । रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउने चुनावमा हुने उनले बताए । ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरू नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उनले भने ।

विस्तारित बैठकमा उपसभापति डीपी अर्यालले संगठन विस्तारमा रास्वपा लागेको बताए । स्थानीय तहको भ्रष्टाचारबारे आवाज उनले पार्टी सदस्यलाई आग्रह गरे ।