|  

विष्णुमती नदीको जलसतह खतरा तह पार

१८ भदाै, काठमाडौँ ।  काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ ।  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रको वर्षाका कारणले विष्णुमती नदीले जलसतह सतर्कता तहदेखि खतराको तह पार गरेको हो । 

जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।