|  

हिन्दमहासागरीय नीतिः यात्रा मोदीको व्रुनाई र सिंगापुर

 २० भदौ, काठमाडौँ । विपिन देव - हिन्दमहासागरीय नीति प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूका लागि महत्वपूर्ण रहेको छ । भारतीय परराष्ट्र नीतिले “एक्ट इष्ट पोलीसी र हिन्दमहासागरीय नीतिलाई परस्पर सहयोगीको रूपमा हेर्दछ । 

९० को दशकमा भारत आर्थिक दिवालीयापनको संघारमा हुंदा तत्कालीन प्रधानमन्त्री नरसिंहारावले “लुक इष्ट” पोलीसीको घोषणा गरेका थिए । अर्थात् व्यापारिक कारोवार र निभेषलाई धनीभूत बनाउन पूर्वीय एसियाली मुलुकहरूसंग उक्त नीति अन्तर्गत अपिल गरिएको थियो । आसियानका मुलुकहरू आर्थिक रूपमा निवेश र कारोवार गर्न समर्थ रहेको अवस्था थियो । 

कालान्तरमा मोदीले “ुलक इष्ट” लाई “एक्ट इष्ट” मा परिणत गरेको देखिन्छ । साथ साथै संसारका व्यापारिक कारोवारका लागि हिन्दमहासागरीय क्षेत्र जीवन रेखा (लाइफ लाइन) भएकोले गर्दा त्यसमा मार्गलाई कानुनी रूपमा सुगम र सहज बनाउन अष्ट्रेलिया, अमेरिका, जापान र भारतले चतुर्भूजीय समीकरण   (कर्वाड)को संरचना गरेको छ । अर्थात् सन् २०२४ सेप्टेम्बर ३ र ४ मा भारत का प्रधानमन्त्री व्रुनाई यात्रा गरेका छन् । भारतेली छापाखाना लगायत संसारका अन्य महत्वपूर्ण छापाखानाहरूले मोदीको ब्रुनाई यात्रालाई यथेष्ट ठाउ‘ दिएका छन् । 

रसिया, युक्रेन, अमेरिका र मध्य एसियाका मोदीको यात्रा हुंदा जस्तै ब्रुनाई यात्रालाई महत्व दिनुको भू(राजनीतिक आधारहरू छन् । सर्वप्रथम द्विपक्षीय यात्रा अन्तर्गत ब्रुनाई यात्रा गर्ने मोदी भारतका पहिला प्रधानमन्त्री हुन् । सन् २०१३ भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह आसीयान समीटको आयोजनामा ब्रुनाई यात्रा गरेका थिए । सन् २०१४ देखि परराष्ट्र सम्बन्धलाई धनीभूत बनाउन मोदी आप्mना विदेश यात्रालाई अधिक महत्व दिएका छन् । 

२८ वर्षको अन्तरकालमा भारतीय प्रधानमन्त्रीको रूपमा उनले अष्ट्रेलियन भ्रर्मण गरेका थिए । ३४ वर्षको अन्तरकाल पछि यू.एई. भ्रर्मण गरेका थिए । १७ वर्ष पश्चात कुनै मोदीको भ्रमण नेपालमा भएको थियो । ३२ वर्ष पश्चात् श्रीलङ्कामा मोदी भ्रर्मण गरेका थिए । अर्थात् कूटनीतिक हिसावले मोदीको आगमनका साथ भारतीय परराष्ट्र नीतिमा सक्रियता देखिएको छ ।

भारत र ब्रनाईको दौत्य सम्बन्ध स्थापना भएको यो ४० औं वर्ष हो । संसारका सबभन्दा विलासी जीवनशैली बिताउने शासकका रूपमा ब्रुनाईका सुलतानलाई लिइन्छ । ब्रुनाईका सुलतानको महललाई संसारको सबभन्दा विलासी महलका रूपमा चित्रित गरिएको छ । १७०० कोठा भएको उक्त दरवार २० लाख वर्गफिटमा पैmलिएको छ । विगत ६०० वर्ष देखि सुलतानका वंशजहरूले व्रुनाईमा शासन गर्दै आएका छन् । ५ लाख जनसंख्या भएको व्रुनाई आर्थिक रूपमा अति समृद्ध रहेको छ । प्रति व्यक्ति आय सिंगापुर भन्दा पनि अधिक रहेको छ । 

ब्रुनाईका शासक सुलतानलाई संसारमा सबभन्दा विलासी शासकको रूपमा लिइन्छ । वर्तमान भू-राजनीतिक परिवेशमा भारतले ब्रुनाईसंगको दौत्य सम्बन्धमा अधिक जोड दिनुको कारणमध्ये भू-राजनीति र भू-अर्थनीति समेत रहेको छ । भारत व्रुनाईको तेल र ग्यास खरिद गर्ने देशहरू मध्ये तेस्रो रहेको छ । ब्रुनाईको सबभन्दा ठुलो व्यापारिक साझेदारको रूपमा चीन रहेको छ । सामरिक हिसाबले व्रुनाई अधिक महत्वपूर्ण रहेको छ । ब्रुनाई अधिक महत्वपूर्ण रहेको छ । 

ब्रुनाई दक्षिण चीन सागरको ऑखामा रहेको छ । वर्तमान परिवेशमा दक्षिण चीन सागरलाई सामरिक जानकारहरू हट स्पट (तनाब क्षेत्र)को रूपमा व्याख्या गरेका छन् । दक्षिण चीन सागरमा चीनको दवदवा दिन प्रतिदिन बढिरहेको छ । चीन तीव्र रूपले हतियार भण्डारण गरिरहेको छ । चीनको बढ्दो दवदवाका कारणले गर्दा आसीयानका मुलुकहरू फिलिपिन्स, भियतनाम मलेशिया लगायत अन्य मुलुकहरू समेत आंतङ्कित रहेको छ । दक्षिण चीन सागरमा चीन जलसेना र फिलिपिन्स जलसेना विच भिण्डन्तको अवस्था समेत निर्माण भएको थियो । 

भियतनामले आफ्नो  सीमा सुरक्षालाई मध्यनजर राख्दै भारतसंग प्रभावकारी क्षेप्यास्त्र ब्रहेस समेत खरिद गरेका छन् । आसीयानका मुलुकहरूसंग भारतको सघन सम्बन्ध रहेको छ । दक्षिण चीन सागरमा बढ्दो तनावको आलोकमा मोदीको ब्रुनाई यात्रा प्रायोजित रहेको छ । ब्रुनाई आफ्नो  सुरक्षाप्रति सचेतन रहेको छ । चीनिया आक्रमक नीतिका कारण व्रुनाईले आफ्नो सामरिक र आर्थिक सम्बन्ध भारतसंग बढाउन अधि बढिरहेको छ । मोदीको दुई दिने यात्रामा बु्रनाई र भारत विच सुरक्षा सम्बन्धी सम्झौता भएको छ । तदनुरुप भारतले आधुनिक उपकरणको हातहतियार ब्रुनाईलाई उपलबध गराउने सहमति गरेका छन् । 

सुरक्षा वाहेक स्पेशको क्षेत्रमा समेत यी दुई मुलुकहरू अघि बढ्ने सहमति भएको छ । भारतले विद्युत्तीयकरणको क्षेत्रमा गरेको चमत्कारलाई ब्रुनाईसंग साझा गर्ने समेत सहमति गरेको छ । ५ लाख जनसंख्या रहेको ब्रुनाईमा भारतेलीहरूको संख्या १४ हजार रहेको छ । तर १४ हजार भारतेलीहरूको जीवनको विविध क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् । वर्तमान भू-राजनीति तनावपूर्ण रहेको छ । भारतलाई दवावमा राख्न चीनले श्रीलङ्का, म्यानमार, पाकिस्तान लगायत वङ्गलादेशमा आफ्नो प्रभाव र पकडलाई बलियो बनाइ रहेको छ भने चीनलाई दवावमा राख्न भारतले फिलिपिन्स भियतानाम, ब्रुनाई जापान, दक्षिण कोरिया लगायत चीनमा अन्य सीमावर्ती मुलुकहरूसंग सधन सम्बन्ध बनाइ रहेको छ । मोदीको ब्रनाई यात्रा सामरिक रूपले महत्वपूर्ण रहेको छ ।