|  

भक्तपुरमा लामखुट्टे धपाउन बालेको कोइलाबाट घर र गोठमा आगलागी

२१ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ ।

आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आज बिहान २ः४० बजेको समयमा घरमा आगो लागेको र त्यो आगो सँगैको गोठमा पनि सल्किएको प्रहरीको भनाइ छ ।

प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान पौने चार बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।प्रहरीले गोपनीयताका लागि भन्दै आगलागी भएको घर र गोठ धनीको नाम भने खुलाएको छैन ।