|  

जनतालाई दिने सेवामा कर्मचारी सकारात्मक हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

२२ भदौ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीले प्रविधिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सार्वजनिक सेवा प्रवाहलाई समय सापेक्ष चुस्त बनाउन नवीनतम प्रविधिले सहयोग र्पुयाउने पनि विश्वास व्यक्त गरे । जनताले लिएर आउने सार्वजनिक सेवाका हरेक काममा सकारात्मक हुुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्योबारे स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

सङ्घीय निजामती ऐन जारी नहुँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको जनाउँदै उनले प्रदेशका तर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि तयार रहेको बताए ।