|  

डोटीमा पहिरो जाँदा एकको मृत्यु, १४ वर्षीया बालिका घाइते

२२ भदौ, काठमाडौं । डोटीमा पहिरोमा खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ। उनकी नातिनी भने घाइते भएकी छन्।

पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका-३ आगर बस्ने मानबहादुर ऐरको ६१ वर्षीय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको छ भने उनकी १४ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट माइतीघर आदर्श गाउँपालिका-६ सबखोला जाँदै थिइन्। घटना शनिबार दिउँसो करिब १२ बजेतिर भएको हो।