|  

धनगढीमा ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार

२३ भदौ, काठमाडौं । कैलालीको धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ ।

अज्ञात समूहले गरेको धारिलो हतियार प्रहारबाट उनीहरू घाइते भएका छन् ।चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवामाथि शनिवार राति आक्रमण भएको हो । घाइतेहरूको अवस्था सामान्य रहेको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

तर उनीहरू आक्रमणकारी भने होइनन् । ‘नियन्त्रणमा लिएकालाई आक्रमण गर्न आएकाले नचिनेर देउवाद्वयलाई आक्रमण गरेको देखिन्छ,प्रहरीले भन्यो, ‘यद्यपि उनीहरूलाई घटनाबारे थाहा हुनसक्ने भएकाले सोधपुछ गरिने छ ।’

ट्यांकर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको बताइएको छ ।