|  

बाँकेमा झाडाबान्ताका कारण एकजनाको मृ#त्यु

२३ भदौ, काठमाडौं ।  बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेली रहेका छन् । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् ।

तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् ।