|  

जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान्-श्रीमती बेपत्ता, छोरीको उद्धार 

२३ भदौ, काठमाडौं । जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान्-श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएकी छन् ।

बारेकोट गाउँपालिका वडा नम्बर- ६ धुमा गाउँमा आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा मानबहादुर चलाउने र वडा नम्बर-६ की महिला वडा सदस्यसमेत रहेकी श्रीमती मायादेवी चलाउने रहेका छन् । चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।