|  

आज ऋषिपञ्चमी, ऋषेश्वर महादेव मन्दिरमा पूजा गर्नेको लर्को

२३ भदौ, काठमाडौं ।  आज (आइतबार) ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा पञ्चमी पूजा गर्नेको लर्को लागेको छ ।