|  

राष्ट्रवादी शक्तिहरू एक हुनुपर्छः थापा

२३ भदौ, काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् ।

काठमाडौँको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रित होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।

थापाले नेपाली राजनीति ध्रुवीकृत हुँदै गरेकोले साम्यवादी, पुँजीवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरू पनि एक हुनुपर्ने जरुरी भएको बताए ।