|  

जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै प्रदर्शन

२३ भदौ, काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ ।

हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका हुन् । यो वर्षकै ठूलो प्रदर्शनमा बालबालिकादेखि वृद्धवृद्धासम्म उपस्थित थिए । केही वर्ष पहिले दक्षिण कोरियाको जलवायु ठीकै रहेकोमा सरकारले बेलैमा उपयुक्त नीति नल्याउँदा अहिले अवस्था विग्रिसकेको प्रदर्शनकारीको आरोप छ ।

जलवायु परिवर्तनबाट नागरिकको जीवन रक्षा र मानव अधिकारको सम्मानका लागि सरकारले पहल नगरेको पनि उनीहरुको भनाइ छ । दक्षिण कोरियाको सर्वोच्च अदालतले गएको महिना देशको जलवायु परिवर्तन कानून आधारभूत मानव अधिकारको रक्षा गर्न र भावी पुस्तालाई रक्षा गर्न असफल भइरहेको बताएको थियो ।