|  

राप्तीमा शुक्रबारदेखि बेपत्ता दुईजनाको अवस्था अझै अज्ञात

२२ भदौ, काठमाडौं । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ ।

शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको  छ ।