|  

छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृ#त्यु 

२४ भदौ, काठमाडौं । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् ।

मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् ।