|  

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

२४ भदौ, काठमाडौं साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन तोलामा १०० रुपैयाँ बढेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।