|  

रवि लामिछानेद्धारा गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार

२४ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् ।

आज धनगढी विमानस्थलमा  सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका हुन् । उनले आफू भएकै बेला रकम आएको भए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए ।

‘गोर्खा मिडियालगायत संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो । यो सबैतिर आइसक्यो,’उनले भने, ‘त्यसमा मेरो संलग्नता छैन ।’