|  

मलेसिया र कुवेत टी-२० विश्वकप एसिया इएपी फाइनलमा

२४ भदौं, काठमाडौं । मलेसिया र कुवेतले आइसीसी टी-२० विश्वकप एसिया इएपी फाइनल छनोटमा स्थान बनाएका छन् ।

आइसीसी टी-२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए बाट घरेलु टोली मलेसिया शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै २०२६ को विश्वकप खेल्नबाट एक कदम टाढा पुगेका हुन । आईसीसी टी-२० विश्वकप एसिया इएपी फाइनल छनोट २०२५ मा हुनेछ । आयोजक देशको टुङ्गो लाग्न बाँकी छ । नेपाल, ओमान र पपुवा न्युगिनी टी-२० विश्वकप २०२४ सहभागी हुँदा सोझै फाइनल छनोटमा स्थान बनाएका थिए । ईएपी क्वालिफायर ए बाट समोआ छनोट भएको छ । अव एसिया क्वालिफायर बी बाट दुई र इएपी क्वालिफायर बी बाट १ टोलीले अन्तिम फाइनल छनोटमा स्थान बनाउनेछन ।

एसिया ईएपी फाइनल छनोटमा नेपालसहित ९ टोलीको सहभागीता रहनेछ । शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन । इएपी छनोट यस पटक देखि एसिया क्षेत्रमा गाभिएको हो । यसअघि इएपी क्षेत्रबाट पपुवा न्युगिनी छनोट हुँदै विश्वकप खेल्दै आएको थियो ।