२४ भदौ, काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ मुस्लिम टोलमा गोरु काटेको भेटिएको छ ।
मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा आज बिहान ११ः३० बजे प्रहरीले फेला पारेको थियो । तर प्रहरी आएको देख्ना साथ गोरु काट्दै गरेका ४ जना फरार भएका थिए । फरार भएकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।
घरधनी खानुतलाई भने गोरुको मासुसहित पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ । मुलुकी अपराध संहिता, २०७४ ले गाई गोरु मारेमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट र्पुयाउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ ।