२५ भदौ, काठमाडौं । एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ ।
एप्पल इभेन्ट २०२४ (ग्लो टाइम)मार्फत एप्पलले एयरपड्स फोर सार्वजनिक गरेको हो । एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ ।
जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ ।यसमा एयरपड्स एक्टिभ न्वाइ क्यान्सिलेसन (एएनसी)भएको र नभएको गरी दुई मोडलमा उपलब्ध हुने छ । एएनसीभएको मोडलमा शहर तथा विमान जस्ता बढी आवाज आउने ठाउँमा अनावश्यक आवाज हटाइदिने बताइएको छ ।
यस एयर पड्समा म्याजिक एडप्टिभ अडियो (वातावरण अनुसार आवाज मिलाइने), कन्जर्भेटिभ कन्भरसेन ९बोल्दा आफै साउन पज हुने०, ब्याकग्राउन्ड न्वाइज रिडक्सन, क्विक प्रेस सेन्सर (म्युजिक कन्ट्रोल फिचर)जस्ता फिचर हुने छन् ।