|  

चेक बाउन्समा सरकारले बनायो नयाँ कानुन

२५ भदौ, काठमाडौं । चेक बाउन्सका मुद्धाहरु दिनानुदिन बढ्दै गएपछि सरकारले नयाँ कानुन बनाएको छ ।

जस अनुसारचेक बाउन्ससँग सम्बन्धित सबै मुद्दा अबदेखि सरकारीवादी हुने भएका छन । अहिले चेक अनादर (चेक बाउन्स) सँग सम्बन्धित केही मुद्दा सरकारवादी र केही फौजदारी रूपमा चल्दै आएका थिए । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ प्रस्तावित विधेयकमा परेको संशोधन गर्दै संसद्को अर्थ समितिले चेक बाउन्ससँग सम्बन्धी सबै मुद्दा सरकारीवादी हुने बनाइएको सभापति सन्तोष चालिसेले बताए ।

‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको सोमबार बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषय संशोधनसहित पारित गरिएको समितिका सभापति चालिसेले जानकारी दिए ।