|  

सप्तकोशी नदीबाट ८ बोरा अवैध गाँजा बरामद

२५ भदौ, काठमाडौं । सुनसरी प्रहरीले सप्तकोशी नदीबाट २ सय ४८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

सुनसरीको बराह क्षेत्र नगरपालिका हुँदै बहने नदीमा ३ वटा रबर ट्युबमा ८ वटा बोरामा अवैध गाँजा बरामद भएको हो।

सुनसरीको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बिहान करिब साढे १ बजे नदीमा बगिरहेको अवस्थामा गाँजा फेला पारेको हो।