२५ भदौ, काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ज्यान जानेको संख्या ५ पुगेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६ सय ४० जना सङ्क्रमितमध्ये ५ जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये ३ हजार ६ सय १९ जना अर्थात ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १ हजार ९ सय ११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८ सय ८५ जना, मधेसमा १ सय २८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५ सय ४५ जना, कर्णालीमा १ सय १७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४ सय ३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।