२५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
पोखरामा पुगेका लामिछाने मंगलबार काठमाडौँ फर्केर प्रधानमन्त्री ओलीसँगको भेट्न बालुवाटार पुगेका हुन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए ।