|  

उत्तर कोरियाले देखायो पहिलोपटक विश्वलाई आफ्नो यूरोनियमको भण्डारको झलक 

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले युरेनियम संवद्र्धन भण्डारको झलक सार्वजनिक गरेको छ ।

उत्तर कोरियाले ठुलो मात्रामा युरेनियम थुपारेर राखिरहेको छ । हालै मात्र उत्तर कोरियाली नेता किम जोङ्ग उनले युरेनियम संवद्र्धन भण्डारको भ्रमण गरेका थिए । त्यतिबेलाको केही फोटो उत्तर कोरियाले सार्वजनिक गरेको हो । सो अवसरमा किमले नयाँ सेन्ट्रीफ्यूज तयार गर्न निर्देशन दिएको बताइएको छ । किमको भ्रमणको तस्बिरको साथमा उत्तर कोरियाले पहिलोपटक विश्वलाई आफ्नो यूरोनियमको भण्डारको झलक  देखाएको छ ।

तस्बिरमा किम युरेनियमलाई समृद्ध बनाउने मेशिनहरू मेटल सेन्ट्रिफ्युजको लामको बिचमा छन । किम कहिले सो केन्द्रमा गएका थिए भन्ने चाँहि खुलासा भएको छैन । किमले धेरै हतियार बनाउन आग्रह गरेको बताइएको छ । उत्तर कोरियाले आफूसँग कयौँ युरेनियम संवद्र्धन केन्द्र भएको दाबी गर्दै आएको छ ।