|  

जनतामा सरकारप्रति आत्मविश्वास बढेकाेमा एमाले उपमहासचिव ज्ञवाली विश्वस्त

३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा धनगढीमा आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताए । आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एक ढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए ।
सोही क्रममा उपमहासचिव ज्ञवालीले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गरे । उनलाई आफूले दशौँ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताएका छन्  ।