|  

एउटा सांसदले बोलेका कुराले संसद अवरुद्ध गर्नु उचित हुँदैनः प्रवक्ता महत

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद नै अवरुद्ध गर्नु उचित नहुने तर्क गरेका छन् । 

आज सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले यस्तो बताएका हुन् । माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनको भनाइ छ । महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको बताए ।
सदनमा गम्भीर रूपमा छलफल गर्नुपर्ने धेरै एजेन्डा र विधेयकहरू रहेकाले छिट्टै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।