|  

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसको विजयी शुरुवात

३० भदौ, काठमाडौं ।  काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो । नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएकाे हाे । 

अब पुलिस क्लबले भोलि श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । तेश्रो खेलमा पर्सि मङ्गलवार ताजकिस्तानको क्लब र चौंथो तथा समूह चरणको अन्तिम खेलमा बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।