|  

जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै उच्च

३१ भदौ, काठमाडौं । जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै पुगेको छ ।

जापानी सरकारी तथ्याङ्कअनुसार वृद्धवृद्धाको संख्या ३ करोड ६२ लाख ५० हजार जना पुगेको छ । विश्वका २ सय देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्यान्ड, जर्मनी र क्रोएशियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका देशका रूपमा प्रतिनिधित्व गरेका छन् । यस्तै दक्षिण कोरियामा १९ दशमलव ३ प्रतिशत र चीनमा १४ दशमलव ७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ ।

जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसका लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ । जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाख जनामा झरेको छ ।

सन २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन । उनीहरूले कुल श्रमशक्तिको १३ दशमलव ५ प्रतिशत प्रतिनिधित्व गर्छन वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन । जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन ।