|  

परराष्ट्रमन्त्री आरजु राणा क्यानाडा प्रस्थान

३१ भदौ, काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान  गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्  ।

सो बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्नेछिन्। उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने छिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछिन् ।

अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरूलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।