|  

भारतीय सहयोगमा बनेको महेन्द्र शान्ति मावि भवनको उद्घाटन 

३१ भदौ, काठमाडौं । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड ९३ लाख रूपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद श्री दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख श्री ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख श्रीमती सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन  गरेका हुन् ।

No description available.

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।  

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो । 

No description available.

प्रतिनिधि सभाका माननीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।   
 
सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ % छात्राहरु रहेका छन् । 

No description available.

 श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ । साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्‍याउँनेछ । 

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

No description available.

No description available.

No description available.